बाल्ट्राको स्मार्ट ४के युएचडी टेलिभिजन नेपाली बजारमा

  २०७५ फागुन १३ गते १६:०२     विकासन्युज

काठमाडौं । ईलेक्ट्रोनिक उत्पादन बाल्ट्राले फरक रेञ्जका बाल्ट्रा स्मार्ट ४के युएचडी टेलिभिजन बजारमा लन्च गरेको छ ।

नेपाली बजारमा बाल्ट्राले ५५ र ५० इन्चका स्मार्ट ४के युएचडी टेलिभिजनका साथै ४० इन्चका विभिन्न एफएचडी स्मार्ट टेलिभिजन पनि बिक्रि–वितरण गर्दै आएको छ ।
नवीनतम प्रविधिहरुद्वारा उत्पादित बजेट सुहाउँदो बाल्ट्राका टेलिभिजनमा उत्कृष्ट क्वालिटीका साथै २ वर्षको पूर्ण वारेण्टी रहेको छ ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ ।
५५ र ५० इन्चमा उपलब्ध टेलिभिजनमा ४के युएचडी सिनेमा डिस्प्ले, अल्ट्रा स्ल्मि बडी, वाईड स्क्रिन, हाई रिजोलुसन, हाई क्लारिटी, मिरा स्क्रिन, एचडीएमआई आदि विशेषताहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.