धरानमा सुजुकी बर्गम्यान १२५ सीसीको स्कूटर लञ्च

  २०७५ फागुन १२ गते १७:५६     विकासन्युज

काठमाडौं । धरानमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु.२ लाख २९हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ ।

नेपालभर ७८ ठाँउबाट सुजुकीको प्रोडक्ट नेपालको ठुलो घराना भी जी आटोमोबाइलसले गर्दै आएको हो । धरान तथा आसपासका क्षेत्रमा बिक्री पछिको सेवा प्रभावकारी रुपमा प्रदान गर्ने क्षमता राख्ने नब दुर्गा अटो धरान ले सेल्स, सर्भिस र स्पियर्स सजीलो संग उपलब्ध गराउदै आएको नवदुर्गा आटो प्यालेसका संचालक दुर्गा भुजेलले जानकारी दिए ।

प्रमुख अतिथि बरिष्ठ तथा अग्रज पत्रकार हर्स सुब्बाबाट विधिवत रुपमा सुजुकी बर्गम्यान १२५ सीसीको बिक्री शुभारम्भ भएको थियो भने भी जी सुजुकीका मार्केटिंग म्यानेजर नवराज कोइराला ले पनि दैनिक जीबन मा मानवको लागी स्कूटर जीबन साथी जस्तै भएको छ सबैलाई समयमा पुर्याउने र यात्रा सहज हुने , समय को बचत , हिमाल पहाड़ तराई सबै ठाउमा चलाउन मिल्ने स्कूटर ल्याएका बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.