भृकुटीमण्डपमा खाद्य मेला, कम प्रचलनमा रहेका खाद्यान्नको प्रचार

  २०७५ फागुन ११ गते १२:२८     विकासन्युज

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा ‘खाद्यमेला-२०७५’ शुरु भएको छ । स्थानीयस्तरमा सजिलै उपलब्ध भए पनि कम प्रचलनमा रहेका खाद्यान्नको प्रचारका लागि मेला गरिएको आयोजकले जनाएको छ ।

मेलाको उद्घाटन कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव युवकध्वज जिसीले गरेका थिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक उपेन्द्र रायले गहुँ, मकै, कोदोलगायत पोषणका हिसाबले महत्वपूर्ण अन्नबाट बनेका खाद्यान्न प्रदर्शनीमा राखिएको जानकारी दिए ।

उनले मेलाले कृषक, खाद्य उद्यमी, व्यवसायी र नियामक निकायका बीचमा समन्वय गर्ने विश्वास व्यक्त गरे । काठमाडौँसहित देशका विभिन्न शहरमा उक्त मेलाको आयोजना गरिँदै आएको उनले बताए ।

स्थनीयस्तरमा उत्पादित अन्न र ती अन्नबाट प्रविधिको प्रयोग गरेर बनाइएका खाद्यान्न तथा त्यसमा प्रयोग हुने उपकरण प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

मेलामा ४५ कक्ष राखिएका छन् । विभिन्न उद्योगले उत्पादन गरेका खाद्यान्नका १५, खाद्य प्रविधि विषय पढाइ हुने कलेजका २२ र अचार, जाम, पाउरोटीलगायत खाद्यान्न उत्पादन गर्ने साना उद्योगका १८ कक्ष छन् । मेला आइतबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.