नेपाल इन्जिनियरिङ कलेज विरुद्धको ६ षडयन्त्र, २ अर्बको सम्पत्ति हत्याउने अध्यक्षको प्रयास

  २०७५ फागुन ११ गते ११:२५     दीपक भट्टराई/हरिकृष्ण श्रेष्ठ 

२०५१ सालमा सामाजिक सेवाको भावले सातजना (दीपक भट्टराई, हरिप्रसाद पाण्डे, रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, लम्वोदर कुमार न्यौपाने र सुर्य बहादुर के.सि.) मिलेर स्थापित नेपाल इन्जिनियरिङ कलेज २०७० साल मंसिर महिनासम्म घोषित गैर नाफा मुलक उद्देष्य अनुसारनै संचालित भयो । २०५१ सालमा चाँगुनारायण गाविसबाट १७४ रोपनी सार्वजनिक जग्गाको भोगाधिकार लिई कलेज चलेपछि संचालन बचतबाट चल(अचल सम्पति जोडेको थियो । २०६० भाद्र मा जिल्ला प्रशासन कार्यलय भक्तपुरमा संस्था दर्ता भई कानूनी रुपमा सामाजिक संस्था भएको कलेजको नाममा अहिले ३६ रोपनी जग्गा र १ लाख वर्गफिट भन्दा बढि भौतिक संरचना छ । अहिले कलेजको नाममा रू. २ अर्बको भौतिक सम्पति, २१० शिक्षक तथा कर्मचारी, २१०० विद्यार्थी, र ७००० पूर्व विद्यार्थीको भविष्य कलेजसंग जोडिएको छ ।

२०७० मंसिर २३ गते कलेजको अध्यक्ष भए लगत्तै लम्वोदर कुमार न्यौपानेले कलेजको विशाल सम्पति देखेपछि कलेज संचालन गर्नु भन्दा बेच्नुमा नै फाइदा देखे । संस्थापकहरू मध्ये दिपक भट्टराई र हरिप्रसाद पाण्डेले कलेज गैर नाफामुलक रुपमा चल्नु पर्ने मनसाय व्यक्त गरेपछि लम्वोदरले ती दुई जनालाई अलग गर्ने षडयन्त्रमा लागे ।

षडयन्त्रको पहिलो पाइलाः

सबै संस्थापकहरूलाई आफूप्रति अनुग्रिहित बनाउने काम भए । अध्यक्ष भएको दुई महिना नहुँदै २०७० माघ १७ गतेको बैठकबाट संस्थापकहरूलाई मासिक तलवमा झण्डै ५ गुणा वृद्धि गरियो । विजुली, फोन, गाडी, इन्धन, ड्राइभरको सुविधा दिन थालियो । कलेजको पैसाले १.५ करोडको निजी गाडी किन्ने, विमा र आयकर पनि कलेजले तिर्ने निर्णयहरू गरा अध्यक्षले गराए । सोहि बैठकबाट अध्यक्षको तलवमा १४ गुणा वृद्धि भयो । अध्यक्षले वार्षिक १.५ करोड विना विलभर्पाई खर्च गर्न पाउने, विद्यार्थी शुल्क उठाउँदा २.२५ करोड कमिसन पाउने, अध्यक्ष र निजको श्रीमतीलाई अष्ट्रेलिया भ्रमणको खर्च तथा गोप्य बैंक खाता खोल्ने निर्णय भयो र नियमित बैंक खाताबाट गोप्य बैंक खातामा रकम जम्मा गरी कलेजका कर्मचारीहरूबाट आयव्ययको हिसाव लुकाउन सफल भए ।

षडयन्त्रको दोस्रो पाइला:

कलेज किन्न आएका ग्राहकहरू कलेज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको थाहापाई तर्किएपछि लम्वोदरले २०७४ वैशाख २५ गते आफ्नो एकल नाममा नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. दर्ता गरे र सामाजिक संस्था नेपाल इन्जिनियरिङ कलेजको सम्पूर्ण सम्पति प्रा.लि.को हुने बुँदा प्रवन्धपत्रमा हाल्न सफल भए ।

षडयन्त्रको तेस्रो पाइलाः

नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. को नाममाशिक्षा मन्त्रालयबाट मनसायपत्रलिन र सो प्रा.लि.लाई नेपालइन्जिनियरिङ परिषद्बाट नियमनगर्न मन्त्रालयबाट पत्र काट्न लगाउन सफलभए।

षडयन्त्रको चौंथो पाइला:

पोखरा विश्वविद्यालयबाट प्रा.लि.लाई सम्वन्धन नपाउने भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्वन्ध नलिन प्रकृया शुरु गरी अन्तिम चरणमा पुर्याउन सफल भए ।

षडयन्त्रको पाँचौं पाइलाः

षडयन्त्र विरुद्ध अख्तियार सहित १३ निकायमा २०७४ श्रावणमा उजुरी परेपछि अख्तियारका आयुक्त राजनारायण पाठकलाई (हाल राजिनामा दिइसकेका र पत्रपत्रिका एवं भिडिओ (प्रमाण सार्वजनिक भइसकेको) घुस दिई छानविन प्रकृया १८ महिना सम्म निष्कृय राख्न सफल भए ।

षडयन्त्रको छैठौंपाइलाः

सरोकारवालाको चर्को आन्दोलनबाट दर्ता खारेज भइसकेको प्रा.लि. पुर्न स्थापना गर्ने निर्णय उच्चअदालत पाटनबाट गराउन लगाउन सफल भए। सम्वन्धित व्यक्तिहरूलाई बहस सम्म गर्न दिइएन ।

यसरी नेपाल इन्जिनियरिङ कलेज बेच्ने षडयन्त्रमा एक पछि अर्को पाइला चाल्न सफल हुँदै आएका लम्वोदर न्यौपानेको पापको घडा भरिए पछि प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ समितिले वृहत छानविनबाट कलेज सामाजिक संस्था भएको निष्कर्स निकाली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दुईवटा कार्यदल गठन गरी समस्या समाधान गर्न निर्देशन दियो । तर हालसम्म पनि मन्त्रालयले संचालन मोडेलको कार्यदल बनाउन आनाकानी गर्दैछ ।

कलेज बेच्ने लम्वोदरको षडयन्त्र सफल भएमा सामाजिक संस्थाको सम्पति कुनै पनि बेला निजी हुनसक्ने नजीर बस्दछ । सबै नेपालीको साझा सम्पतिको रुपमा रहेको नेपालइ न्जिनियरिङ कलेजलाई षडयन्त्रकारीहरूबाट बचाउने अभिभारा सम्वन्धित सवै सरकारी निकायहरू तथा आम जनताको पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.