बेलायत र अष्ट्रिया सरकारद्वारा नेपाल सरकारकाे तारिफ, प्रधानमन्त्री ओली फुरूङ्ङ

  २०७५ फागुन १० गते २०:२५     विकासन्युज

काठमाडौँ । संयुक्त अधिराज्य र अष्ट्रियाले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले अघि बढाएका नीति, योजना तथा कार्यक्रमको सराहना गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेकी अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल तथा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग  शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लाबेग्लै भएको शिष्टाचार भेटमा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि गठन भएको अहिलेको सरकारले आर्थिक विकासको मार्गमा नेपाललाई अग्रसर तुल्याउन भएका प्रयत्नको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री र अष्ट्रियाली विदेशमन्त्रीबीच क्षेत्रीय र अन्तरराष्ट्रिय महत्वका मामिलामा पनि विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले राससलाई जानकारी दिए । नेपालमा अष्ट्रियाली लगानी भित्र्याउने तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विषयमा पनि उहाँहरूबीच छलफल भएको जानकारी दिँदै डा भट्टराईले केबलकारमा अष्ट्रियाली प्रविधि र जलविद्युत् उत्पादनका त्यहाँका उपकरणको प्रधानमन्त्रीले प्रशंसा गर्नुभएको बताए ।

यसैबीच परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले  शुक्रवार नै साँझ यहाँ आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तरराष्ट्रिय प्रवृत्ति’ विषयको कार्यक्रममा जलवायु परिवर्तनका प्रतिकूल प्रभाव, त्यसबाट नेपालका हिमताल र हिमनदीमा परेको असर, संस्कृति, सम्पदाको संरक्षण, पर्यापर्यटन, पर्यावरण संरक्षण, वन, वन्यजन्तु तथा तिनको वासस्थानको संरक्षणबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.