शुरु भयो ‘महिन्द्रा उदय’ मेला, नयाँ मोडलका गाडीबारे जानकारी लिन जानु्स् भृकुटीमण्डप(फोटो फिचरसहित)

  २०७५ फागुन १० गते १८:२५     विकासन्युज

    (तस्विर: डाेमी शेर्पा)

काठमाडौँ । महिन्द्रा कम्पनीले नेपाली अटो बजारमा नयाँ मोडलको ‘एक्स यू भि थ्री डबल ओ’ गाडी भित्र्याएको छ । शुक्रबारदेखि शुरु भई १२ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजित ‘महिन्द्रा उदय’ मेलामा ती गाडी लञ्च गरिएको हो । अग्नी इनकर्पोरेटेड, एमभी दुगड ग्रुप र स्वराज पार्टरले महिन्द्रा ब्राण्डको प्रदर्शनी एकै स्थानमा गरेका हुन् ।

मेलामा अवलोकनकर्ताहरुले महिन्द्राका नयाँ मोडलका गाडीको बारेमा जानकारी लिन पाउने छन् । मेलामा एक्स यू भि थ्री डबल ओ, महिन्द्रा मराजो, महिन्द्रा जिबो–यूगो, महिन्द्रा स्वाराज नाईन सिक्स थ्री, महिन्द्र प्यूरियो वान फोर, फ्यूरिओ फोर्टीन, ब्वेजो टिपर र रोडमास्टर मेलामा लञ्च गरिएको छ ।

(तस्विर: डाेमी शेर्पा)

‘महिन्द्रा उदय’ मेला उद्घाटन समारोहमा बोल्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भनिन्– ‘अटो बजारको क्षेत्रमा महिन्द्रा कम्पनीले पुर्याएको योगदान उल्लेखनीय रहेको छ ।’ साथै, अन्य कम्पनीहरुको तुलनामा महेन्द्राको उत्पादन फरक तथा पृथक किसिमको रहनेमा राणाले जोड दिइन् । भृकुटी मण्डपको प्रदर्शनी हलमा महिन्द्राको बस, ट्रक, ट्रयाक्टर लगायतका गाडीहरु एकै छाना मुनी प्रदर्शनीमा राखिएका छन् ।

(तस्विर: डाेमी शेर्पा)

दुगड बर्दश एण्ड सन्सले भित्र्यायो एकसाथ ३ गाडी
सो मेलामा दुगड बदर्श एण्ड सन्सले महिन्द्राका ३ नयाँ मोडलका गाडी नेपाली बजारमा एक साथ भित्र्याएको छ । कम्पनीले भित्रयाएका गाडी मध्येमा फ्यूरिओ फोर्टीन, ब्वेजो टिपर र रोडमास्टर हुन् । दुगडका अध्यक्ष मोतिलाल दुगड हुन् भने उपाध्यक्ष उनकै छोरा विवेक दुगड रहेका छन् । दुगड बदर्श एण्ड सन्सले महिन्द्रासँग विगत २६ बर्षदेखी व्यापारिक सहकार्य गर्दै आएको छ ।
फ्यूरिओ फोर्टीन
फ्यूरिओ फोर्टीन भनेको आईसिबी ट्रक हो । नेपालमा नेपाली बजारमा हालसम्म आईसिबी ट्रक १२ चक्के मात्र उपलब्ध भएका थिए । अहिले भित्रिएको ट्रक ६ चक्के हो । सो ट्रकमा ३५ सय सि.सि. को ईन्जीन जडान गरिएको छ भने ४ वटा सिलिण्डर रहेका छन् । १४० को हर्सपावर एच.पी. रहेको उक्त गाडीको ९ टनसम्म सजिलै बोक्न सक्ने क्षमता रहेको छ । अहिले नेपाली बजारमा भित्रिएको गाडी सो भन्दा निकै कम मूल्यको हुने सोही कम्पनीमा आवद्ध जितेन्द्र के.सी.ले जानकारी दिए ।
ब्लेजो टिपर ट्वान्टी फाईभ (टीपर)
ब्लेजो २५ टिपर एचसिबि सेक्सनमा २ सय ७४ एच पी ईन्जीन भएको पहिलो गाडी भएको छ । यस्तै, क्रेडीविलीटी ४४ प्रतिशतभन्दा माथि हुनु यस गाडीको विशेषता हो । ‘पहिले हाईड्रमा ६ चक्के गाडी मात्र भएकाले अहिले हामीले १० चक्के गाडी भित्र्याएका छौ, अब यो गाडी अग्लो पहाडकालागि राम्रो विकल्प हो’– ब्लेजोका एच ओडी चन्दन रौनियारले भने ।
रोडमास्टर(ग्रेडर)
अहिले नेपाली बजारमा आएको रोड मास्टर ग्रेडरको मूल्य ६२ लाख रुपैयाँ रहेको छ । यो मिनि साईजमा रहेको छ । हालसम्म नेपाली अटो बजारमा १२ फिटको मात्र ग्रेडर चल्थ्यो । पहिलेका ग्रेडर ठूला बाटाकालागि मात्र काम लाग्ने भएकाले कम्पनीले त्यसको विकल्प स्वरुप मिनि ग्रेडर भित्र्याएको हो । पुराना मोडलका ग्रेडरकालागि १ करोड भन्दा बढी मूल्य रहदै आएको पाईन्छ । त्यस्तै, पुराना चाईनिज ग्रेडर खरिद गर्दा समेत कम्तीमा ८५ लाख रुपैया लाग्ने गरेको पाईन्छ । ‘हाल नेपाली बजारमा आवश्यकता परेकाले नै ६२ लाख रुपैया पर्ने ग्रेडर नेपाल भित्र्याएका हौं’– कम्पनीका कम्सट्रक्सन र्ईक्यूप्मेन्टका नेपाल अपरेशनल हेड ताराबहादुर थापाले बताए ।
दुगड बदर्श एण्ड सन्सका गाडीमा पाईने विषेशता
दुगडले ल्याएका गाडीले ईन्धन खपतमा निकै सघाउने देखिन्छ । यसरी सघाउन यसमा रहेको टर्बौ, लोड र लाईट मोडले निकै सघाउने पाईएको छ ।
टर्बो मोड: टर्बो मोड अफ्ठयारो बाटोमा चलाउनकोलागि प्रयोग गरिन्छ । यस मोडमागाडी सहज पिच नभएको बाटोमापनि सजिलै चल्ने गर्छ ।
लोड मोडः यो मोड गाडीमा लोड बोक्नको लागि प्रयोग गरिन्छ । भारी लोड राखेको अवस्थामा यो मोड प्रयोग गर्दा गाडी सहज ढङगबाट अघि बढने गर्छ ।
लाईट मोडः लाईट मोडमा राखेर गाडी समथर भू–भागमा चलाउन सकिन्छ । विशेषतः तराई भेगमा भारी बोक्नको लागि गाडीमा लाईट मोडको प्रयोग गर्नु पर्नेछ ।

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

(तस्विर: डाेमी शेर्पा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.