नेपाल वायुसेवा निगममा १७४ जनालाई जागिरको अवसर, कुन पदमा कति ? (विज्ञापन सहित)

  २०७५ फागुन १० गते ११:५९     विकासन्युज


काठमाडौँ । नेपाल वायु सेवा निगमले १ सय ७४ जना कर्मचारी माग गरेको छ । सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदका खुला विज्ञापन आह्वान गरिउको हो ।

शुक्रबार प्रकाशित विज्ञापन अनुसार सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरिएको छ । निगमले तह नौको सिनियर क्याप्टेन १३ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।

निगमले दरखास्तका लागि आह्वान गर्दै फागुन १० गतेबाट २१ दिनको म्याद दिएको छ । लोकसेवा आयोगबाट खुल्ला प्रतियोगिताद्वारा स्थायीरूपले पूर्ति गरिने विभिन्न पदका लागि बिहान ११ बजे देखि अपराह्न ३ बजेसम्म दरखास्त दिन सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.