बझाङ र डोटीमा बीमा कम्पनीको उपशाखा बिस्तार

  २०७५ फागुन ९ गते १९:२७     विकासन्युज

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका र डोटीको दिपायल सिलगढी नगरपालिकामा आफ्नो उपशाखा बिस्तार गरेको छ ।

फागुन ३ गते बझाङको जय पृथ्वी नगरपालिका वाड नं १० चैनपुर तथा फागुन ६ गते सोमबार डोटीको दिपायल सिलगढी ६ मा उपशाखाहरु संचालनमा ल्याएको हो ।

हाल सञ्चालनमा आएका उपशाखाबाट मोटर बीमा, सम्पती बीमा, ईन्जिनियरिङ बीमा, स्वास्थ्य बीमा लगाएत सबै प्रकारका निर्जीवन बीमाका बीमालेख जारी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका बजार विज्ञ सुकल्याण पराजुलीले कार्यालयले बीमाको पहुँच बढाउन सहयोग गर्ने जानकारी दिए । यसरी दिपायल सिलगढीकी नगर प्रमुख मञ्जु मलासीले बीमाको विकासले आर्थिक विकासमा सहयोग पुरयाउनेमा समेत जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.