श्री स्टील टीएमटी उत्पादन शुरु

  २०७५ फागुन ९ गते १९:१५     विकासन्युज

काठमाडौँ । केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन शुरु भएको छ ।

प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित श्री स्टील रुपन्देही जिल्लाको भैरहवास्थित आफनो कारखानाबाट उत्पादन हुने गर्दछ । यसमा प्रयुक्त स्टील फी ५०० जापानी प्रविधिबाट स्वचालित प्लान्टममा उत्पादन हुने गर्दछ । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भुकम्पआइरहने देश जापानमानिर्मित यो प्रविधिपहिलो पटक श्री स्टील्स प्रालिले नेपाल भित्रयाएको छ ।

श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भुकम्प प्रतिरोधी रहेको कम्पनीले जनाएको छ । यसका साथसाथै यसमा उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्चशक्ति, अग्नि प्रतिरोधक क्षमता , उत्पादनमा भएको एकनासको तौल तथा लम्बाइको अनुपात एवं विश्वको उच्चस्तरीय जापानी प्रविधि जस्ता प्रमुख ८ विशेषताहरु रहेका हुुँदा हरेक निर्माणलाई एकदम मजबुत र गुणस्तरीय बनाउने बताइन्छ ।

श्री स्टील्स प्रा.लि.को प्रतिघण्टा उत्पादन क्षमता ४० टन रहेको छ भने दैनिक ८०० टन उत्पादन हुने गर्दछ । यो प्रविधिउच्च गुणस्तरयुक्त स्टील रिवार उत्पादन क्षमता भएको जापानीज डिजाइनमा निर्मित सिक्स स्टण्ड ब्लक मिलबाट उत्पादनहुने नेपालको पहिलो ब्राण्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.