प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बारा जिल्लाको अमलेखगञ्जमा

  २०७५ फागुन ९ गते १९:०५     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले एक समारोहकाबीच गरेका हुन् ।

कार्यक्रममा यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सजिलो हुने बताएका छन् । उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोेसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।

साथै, अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्र्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएकोले सम्पुर्ण पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज हुने जानकारी उनले बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आफ्नै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् । बैंकको अमलेखगञ्जस्थित एक्स्टेन्सन काउण्टर कार्यालयबाट विशेष गरी पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायी, स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.