असल श्रम सम्बन्ध विकास गर्न रोजगारदाताहरू प्रतिवद्धः अध्यक्ष राणा

  २०७५ फागुन ९ गते १८:५९     विकासन्युज

काठमाडौँ । उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले नया“ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको साथै श्रम सम्बन्धको विकासमा पनि ठूलो प्रभाव पार्ने हु“दा श्रम ऐनमा गरिएका व्यवस्था र यसको सफल कार्यान्वयनमा सबैको चासो हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तराष्ट्रिय श्रम संगठनको सहकार्यमा नया“ श्रम ऐन र सामाजिक सुरक्षा ऐनका वारे छलफल एवं जानकारी दिने उद्देश्यले आज काठमाडौमा आयोजित कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरूले सो कुरा बताएका हुन ।

अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुंदै कार्यक्रमका प्रमुख अतिथि एवं महासंघका अध्यक्ष भवानी राणाले रोजगारदाताहरू संवाद र सहकार्यको अभ्यासलाई निरन्तरता दिदै असल श्रम सम्बन्ध विकास गर्न प्रतिवद्ध रहेको बताइन् ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल र आइएलका देशिय निर्देशक डा रिचार्ड हवार्डको पनि उपस्थिति रहेको सो कार्यक्रममा महासंघको रोजगारदाता परिषद्का सभापति एवम् महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम ऐन नियम र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा स्थानीय र प्रदेश उद्योग वाणिज्य संघको महत्वपूर्ण भुमिका रहने भएकाले महासंघको प्रदेश च्याप्टरहरूको क्षमता विकास गर्ने योजना अन्र्तगत छलफल कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।

रोजगारदाता परिषदका उप–सभापति भरतराज आचार्यले महासंघका प्रदेश च्याप्टरले श्रम सम्बन्ध, औद्योगिक विकास एवं रोजगारी सिर्जना जस्ता विषयमा प्रदेश सरकारका सम्बन्धित निकायस“ग कार्य गर्नुपर्ने हु“दा श्रम ऐन, नियम लगायत श्रम सम्बन्धका अन्य विविध पक्षमा जानकारी दिन सातवटै प्रदेशमा तालिम तथा गोष्ठी आयोजना गर्न कार्यक्रम तय भईसकेको जानकारी गराए ।

आइएलओ नया“ दिल्लीका रोजगारदाता गतिविधि सम्बन्धी वरिष्ठ विशेषज्ञ रभिन्द्र पेरिसले रोजगारदाता र श्रमिक बीचको सौहाद्रपूर्ण वातावरणमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको सफल कार्यान्वयनबाट नेपालको श्रम बजार सम्मानजनक बन्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, आइएल नेपाल कार्यालयका वरिष्ठ अधिकृतहरू प्रकाश शर्मा र शलोमन राजवंशीले कार्यक्रमकाबारे जानकारी गराए ।

कार्यक्रममा कानूनविद अनुपराज उप्रेती र श्यामराज अधिकारीले श्रम ऐन र सामाजिक सुरक्षा ऐनका प्रावधानहरू र अर्थशास्त्री विश्व पौडेलले नेपालमा व्यवसायिक वातावरणका विषयमा प्रस्तुती दिनु भएको थियो । सोही अवसरमा महासंघका अध्यक्ष राणा, विशिष्ठ सदस्य ढकाल, रोजगारदाता परिषदका सभापति ढकाल, उपसभापति अचार्य, आइएलओका रभिन्द्र पेरिस, प्रकाश शर्माले “श्रम ऐन २०७४ योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ एवं नियमावली तथा कार्यविधि” को संयुक्त रूपमा लोकापर्ण समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.