एस्कर्टसको “हाईड्रा १५ ४पी” क्रेन नेपाली बजारमा, बुटवलबाट सेवा शुरु

  २०७५ फागुन ९ गते १८:५३     विकासन्युज

बुटवल । आइएमई अटोमोटिभ्स प्रा.लि., एस्कर्टस्ले “हाईड्रा १५ ४पी”क्रेनको बिहीबार(आज)देखि नेपालमा बिक्रि वितरण शुरु गरेको छ । कम्पनीले बुटवलअवस्थित कालिकानगरबाट एक औपचारीक कार्यक्रममार्फत उक्त सेवा शुरु गरेको हो ।

यस हाईड्रा १५ ४पी”क्रेनका उद्घाटनको अवसरमा एस्कर्टस डिभिजन (नेपालका) सेल्स हेड अशोक कार्की, एस्कर्टस लि. का कन्ट्री म्यानेजर राजेश्वरप्रसाद यादव साथै विक्रेता प्रतिनिधी, चैतैन्य इक्विपमेन्टका निर्देशक प्रेम प्रकाश श्रेष्ठ आदिको उपस्थिती रहेको थियो ।

साथै, कार्यक्रममा कन्ट्रयाक्टर एसोसियसन, रुपन्देही जिल्लाका प्रेसिडेन्ट मोहनलाल जोशीको उपस्थिति रहेको थियो । कार्यक्रम अनावरण गर्ने क्रममा जोशीले भने, “विकास गतिविधिमा आएको वृद्धिसँगै, भारी उपकरण उत्पादनको लागि ठूलो भूमिका र सकारात्मक योगदान रहनेछ ।”

हेभी उपकरणहरुका उत्पादन गर्ने लामो इतिहास बोकेको एस्कर्टस्लि. ले मर्मत सम्भार गर्न सहज हुने प्रकृतिका विविध विशेषता समाहित रहेको “ हाईड्रा १५ ४पी” बजारमा ल्याएको छ जसमा देहाय वमोजिमका विशेषताहरु रहेका छन् । क्रेन एप्लिकेसनको लागि प्रयोग हुने डिजाइनको ४९.५ एचपीको इन्जिन, ५०० घन्टाको सर्भिस इन्टर्भल, रोप कम्पेन्सेसन सहितको ४ वटा पार्टस स्ल्टेड बुम, १२ टन क्षमताको ६ वटा फलविन्च, १५ मिटरको भर्टिकल उचाई, १.९ केएमपीएसको स्पिड, ८एफ प्लस २आरको गीचर बक्स रहेको छ ।

आइएमई अटोमोटिभ्स प्रा.लि. नेपालका लागि एस्कर्टस् हेभि उपकरण सेग्मेन्टहरुको आधिकारिक बिक्रेता हो । आइएमई अटोमोटिभ्सले आफ्ना शाखा तथा डिलरमार्फत सेल्स, सर्भिसर पार्ट्स नेटवर्क प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.