बोर्ड अध्यक्षमाथि ब्राेकरकाे दर्जन बढी आरोप : २५० शाखा खाेल्छु भन्दा नसुन्ने, पूर्वाग्रह राख्ने ?

  २०७५ फागुन ९ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएसन सम्बद्ध ५० ओटा ब्रोकर कम्पनीहरुले नेपाल धितोपत्र बोर्डका अध्यक्षमाथि एक दर्जन भन्दा बढी आरोपहरु लगाएका छन् । सबै कम्पनीहरुका सञ्चालकहरुले अध्यक्ष रेवतबहादुर कार्कीकाथि ब्रोकरहरुप्रति अत्यन्तै पूर्वाग्रही भएको, अनावश्यक आरोप लगाएको, झुटा कारबाहप्हरु गरेको र आफुलाई ब्रोकरहरुको महाशत्रु घोषणा गरी संसदीय समितिमा गैरजिम्मेवारपूर्ण आरोप लगाएको भन्दै यसबाट सम्पूर्ण व्यवसायीहरु हतोत्साहित र चिन्तित भएको बताएका छन् ।

धितोपत्र बोर्डका अध्यक्षमाथि ब्रोकरहरुले लगाएको आरोपहरु

  • अर्थ समितिको बैठकमा कपोलकल्पित, झुटो र भ्रमपूर्ण आरोप लगाएको ।
  •  ब्रोकरको काम राफसाफ गरिदिने मात्र भएको कार्यक्षेत्र विस्तार गर्न नदिएको ।
  • ब्रोकरहरु प्रतिस्पर्धी बन्न नसकेको भन्ने आरोप लगाएको
  • धितोपत्र बजारको विकासको सन्दर्भमा ब्रोकरहरुको दिएका वस्तुगत सुझावहरु वेवास्ता गरेको ।
  • २५० ठाउँमा शाखा विस्तार गर्ने ब्रोकरको प्रस्तावलाई छलmलमै नल्याएको ।
  • धितोपत्र बजारमा कतिओटा ब्रोकर आवश्यक छ भन्ने अध्ययन नगरेको । गुणात्मक भन्दा संख्यात्मक आकार वृद्धिमा ध्यान दिएको ।
  • चुक्ता पुँजी १० गुणा भन्दा बढी बढाउन र पुँजीकोष ५ करोड माथि पुर्याउन बाध्य पारिएको तर प्रतिफल बढाउन ध्यान नदिइएको ।
  • २५ बर्षसम्म पनि राफसाफ प्रत्याभूति कोष र अक्सन मार्केटको विकास नगरेको ।
  • मासिक ३००० रुपैंयामा कर्मचारी राखेको र व्यवसायी भागेको भन्ने झुटो आरोप लगाएको ।
  • वर्षौदेखि सञ्चालित परियोजनाको शेयर नबिक्ने अवस्थामा ल्याइपुर्याएको ।
  • आफैंलाई धितोपत्र व्यवसायीको महाशत्रु घोषणा गरेको र ब्रोकरहरुलाई शत्रुतापूर्ण व्यवहार गरेको ।
  • मार्जिन लेन्डिङको सम्बन्धमा प्रचारबाजी गर्ने तर पूर्वाधार पुर्याएका ब्रोकरहरुलाई स्वीकृति नदिने काम गरेको ।
  • अनावश्यक र अनधिकृत रुपमा ब्रोकरहरुलाई कारबाही गरी हतोत्साहित बनाएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.