नेपाल बंगलादेश बैंकको नयाँ एटिएम शाखा पोखरामा

  २०७५ फागुन ९ गते १८:१४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो एटीएम सेवा विस्तारको क्रममा बैंकको ६५औं एटिएम पोखराको लेकसाइड स्थित एटिएम लान्जबाट संचालनमा ल्याएको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलबाट कार्यक्रमबीच उक्त एटिएम सेवाको शुरु भएको छ । सो एटिएम सेवाबाट सो क्षेत्रमा आउने पर्यटक, क्षेत्रका व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने कुरामा बैंक विश्वस्त रहेको बताए ।

उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको र देश भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बैंकिङ्ग सेवा तथा ६५ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.