विभिन्न चार संस्थाको एक करोड ८० लाख कित्ता सेयर सूचिकृत, क-कसको कति ?

  २०७५ फागुन ९ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार वटा बैंक तथा वित्तीय संस्थाको कुल एक करोड ८० लाख ७१ हजार ८६७ कित्ता सेयर सूचिकृत भएको छ । एकैदिन एनआईसी एशिया बैंक, सेञ्चुरी कमर्शियल बैंक, चिलिमे हाइड्रोपावर कम्पनी र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सो मध्ये एनआईसी एशिया बैंक र चिलिमे हाइड्रोको बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सेञ्चुरी बैंक र किसान माइक्रोफाइनान्सको हकप्रद सेयर नेप्सेमा थपिएको हो ।

एनआईसी एशियाको ८० लाख ३१ हजार ११७ कित्ता र चिलिमे हाइड्रोको ७९ लाख ३० हजार २२६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यसैगरी, सेञ्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिहीबार मात्रै नेप्सेमा थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.