कामना सेवाको ६५औं शाखा प्रदेश नम्बर २ को सप्तरीमा

  २०७५ फागुन ९ गते १६:५०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा सेवा विस्तार गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए ।

बैंकले देशका विभिन्न भागहरुमा ६५ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस, एसएमएस व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.