निर्माणको चरणमा नेपाल कै ठूलो पञ्चासे केबलकार, १० हजार नेपालीले रोजगारी पाउने

  २०७५ फागुन ९ गते १५:४३     विकासन्युज


काठमाडौँ । नेपालको सबैभन्दा ठूलो र लामो पञ्चासे केबलकार निर्माण प्रारम्भ हुने भएको छ । १० हजार नेपालीलाई रोजगारी प्रदान गर्ने सो परियोजना गृहकार्यपछि निर्माणको चरणमा प्रवेश गर्न लागेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए ।

पोखरा क्षेत्रलाई पर्यटनको केन्द्रबिन्दु बनाउँदै बृहत पर्यटकीय गन्तव्य बिस्तार गरी बसाई लम्ब्याउने र स्थानीय आयश्रोत बढाउने उद्देश्यका साथ पञ्चासे केबलकारको परिकल्पना गरिएको कम्पनीका अध्यक्ष शर्माले बताए । पर्यटन क्षेत्रलाई व्यसायिकरण गर्ने कर्पोरेट जोइन्ट भेन्चर कल्चरको प्रवद्र्धन गरेर बृहत पूँजीको निर्माण गर्ने र पूँजीको प्रयोगबाट बृहत्तर परियोजना निर्माण गर्ने तथा सामुहिक आयआर्जन गर्न योगदान पुर्याउने उद्देश्य रहेको अध्यक्ष शर्माको भनाई छ ।

सबै तहका जनताको लगानी, प्रभावित क्षेत्र पञ्चासे वरपरका साविकका गाविसमा बसोबास गर्ने एकाघरका लागि योगदानमा आधारित १ लाखको शेयर, किस्ताबन्दीमा शेयर संकलन, केबरकार मात्र नभई एकीकृत विकास योजना, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिई त्यसबाट प्राप्त तलबको निश्चित हिस्साबाट शेयर पूँजी संकलन गर्ने कम्पनीले जनाएको छ ।

८.५ किलोमिटर लामो पञ्चासे केबरकार छिट्टै निर्माण प्रारम्भ हुने जनाइएको छ । १० अबै रुपैयाँको योजना मध्ये ३ अर्ब केबलकारमा र बाँकी रकम अन्य संरचनामा खर्च हुने कम्पनीले जनाएको छ ।

कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत गुरुयोजना सहित अघि बढेको कम्पनीका अध्यक्ष शर्माले बताए । अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र पैदल यात्रा गरी जाने गरेका छन् । पोखरा-२३ स्थित घाँटीछिनामा केबलकारको तल्लो स्टेशन राखिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.