साधनाले आर्थिक सम्बृद्धिलाई प्राप्ति गर्ने, राष्ट्रिय स्तरको संस्था बन्ने लक्ष्य

  २०७५ फागुन ९ गते १३:३७     विकासन्युज

काठमाडौं । गोरखा जिल्लाको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ जिल्लाको आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था लि. लाई प्रप्ति गर्ने भएको छ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने लक्ष्यका साथ यी दुई संस्थाबीच उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा साधना लघुवित्तका तर्फबाट अध्यक्ष कृष्णबहादुर थापा र आर्थिक सम्बृद्धि लघुवित्तका तर्फबाट डा. एक नारायण चापागाँइले हस्ताक्षर गरेका छन् । प्राप्तिपछि संस्थाको नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहनुका साथै केन्द्रीय कार्यालय हरमटारी ६ गोरखामा रहने छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा चुक्ता पूँजी ४ करोड ९० लाख रहेको साधना लघुवित्तले २६ वटा शाखा सञ्चालनमा ल्याएको छ । त्यसैगरी चुक्तापूँजी ३ करोड ६ लाख २५ हजार रहेको आर्थिक सम्बृद्धि लघुवित्तले १४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदेशस्तर वा राष्ट्रियस्तरमा कायम रहनुपर्ने र सो का लागि मर्जर तथा प्रप्तिलाई प्रोत्साहन गरेको थियो । उक्त सन्दर्भमा यस दुई लघुवित्तको प्रप्ति सम्बन्धि सम्झौता नेपालमै पहिलो रहेको साधना लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.