फागुन १० गतेदेखि भृकुटी मण्डपमा खाद्य मेला शुरु हुँदै

  २०७५ फागुन ९ गते १२:५३     विकासन्युज

काठमाडौं । भृकुटी मण्डपमा फागुन १० गतेदेखि खाद्य मेला शुरु हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा ३ दिन सम्म हुनेछ ।
परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौं : असल पोषणका लागि खाने बानी सुधार गरौं भन्ने नाराका साथ उक्त खाद्य मेलाको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएका छन् ।
शुक्रबार दिनको १ बजे उद्घाटन हुने उक्त कार्यक्रमको अवलोकन भने तिनै दिन १० बजेदेखि ६ बजेसम्म गर्न सकिने छ । उक्त मेलामा नेवारी, थारु, तामाङ्ग, लगायत विभिन्न जाति, जनजातिका परम्परागत तथा स्थानीय उत्पादन तथा विभिन्न संघसंस्थाको गरी कुल ७५ स्टल रहनेछ । उक्त मेलामा अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिएका छन्र ।
मेलामा खाद्य प्रशोधनसँग सम्बन्धित व्यवसायको लागि आवश्यक पर्ने उपकरण रसायन तथा मेशिनरी औजार सम्बन्धी स्टलसमेत रहने भएकाले उद्यमीहरुले आवश्यक उपकरणहरुका बारेमा जानकारी प्राप्त गर्नसक्ने छन् ।
यस्तै मेलामा पोषण अवस्था मधुमेह तथा उच्च रक्तचाप समेत पहिचान गरी खानपान तथा पोषण सम्बन्धी परामर्श समेत दिइने हुनाले आफ्नो स्वास्थ्य तथा पोषण अवस्था खानपानको लागि उचित परामर्श लिई फाइदा उठाउन सकिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.