कम्पनी रजिष्ट्रार कार्यालयको हातपात घटनामा मिलापत्र, काम सुचारु

  २०७५ फागुन ९ गते १४:००     राजाराम न्यौपाने


काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालय फागुन १ गते भएको हातपात घटनामा मिलापत्र भएको छ । कम्पनी रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथी कानून व्यवसायी गुणराज आचार्य र टीकाध्वज खड्काले हातपात गरेका थिए ।

कम्पनी रजिष्ट्रार कार्यालयामा कम्पनी रजिष्ट्रार अर्याल र उपरजिष्ट्रार बेल्वास तथा कानुन व्यवसायी आचार्य र खड्काबीच सहमति भएको हो । कानून व्यवसायी आचार्य र खड्काले फागुन १ गते भएको घटनाको विषयमा गल्ती स्वीकार गरेपछि रजिष्ट्रार र उपरजिष्ट्रारसँग हात मिलाई सहमती गरेका हुन् ।

घटनापछि कार्यालयका कर्मचारीले असुरक्षा महशुस गरेका थिए र सेवाग्राहीको काम समेत प्रभावित भएको थियो । अब सो घटनामा सहमति भएपछि कार्यालयको काम सुचारु भएको छ ।

के भएको थियो फागुन १ कम्पनी रजिष्ट्रार कार्यालयमा
कानून व्यवसायी आचार्य र खड्का नाममा ‘चीन’ जोडिएको एउटा कम्पनीको नाममा कम्पनी दर्ता गर्न प्रस्ताव गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेका थिए । तर, प्रचलित ऐनबमोजिम कुनैपनि देशको नाम जोडेर नेपालमा कम्पनी दर्ता हुन नसक्ने भन्दै कार्यालयले नाम सच्याएर आउन भन्दै फिर्ता पठाएपछि उनीहरु विवादमा उत्रिएको बताइएको छ ।

विवाद बढ्दै गएपछि कार्यालयले यो नाममा कम्पनी दर्ता गर्न मिल्ने नमिल्नेबारे मन्त्रालयसँग राय लिन कार्यालय तयार भए पनि उनीहरुले त्यो समेत मानेका थिएनन् । विवाद बढ्दै गएपछि ती दुईले रजिष्ट्रार र उपरजिष्ट्रारमाथि हातपात गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.