वोमी लघुवित्तद्धारा समिक्षा तथा रणनीतिक योजना तर्जुमा

  २०७५ फागुन ९ गते १०:५६     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न ११ वटा शाखा कार्यालयहरुको नेतृत्वमा समिक्षा तथा रणनीतिक योजना तर्जुमा सम्बन्धी गोष्ठी तर्जुमा गरेको छ । शाखा प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित ‘अर्धवार्षिक अवधिको समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी’ कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको हो ।
उक्त गोष्ठी कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि सम्मको उपलब्धिको समिक्षा तथा आगामी अवधिमा बजेट तथा रणनीतिक योजना सम्बन्धमा शाखागत रुपमा प्रस्तुतिकरण सहित छलफल गरिएको थियो । गोष्ठी कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष बिन्दीया प्रधान, प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापन समुहका अन्य अधिकृत कर्मचारीहरुको समेत उपस्थिति थियो ।

समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी कार्यक्रम सञ्चालक समितिकी अध्यक्ष बिन्दीया प्रधानले उद्घाटन गर्नु हुँदै लक्ष्य अनुरुपको उपलब्धि हासिल गर्न शुभकामना तथा लघुवित्त कार्यक्रमको प्रभावकारी व्यवस्थापन गर्न मार्गदर्शन दिएको जनाएको छ ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले शाखा स्तरीय प्रस्तुतिकरणमा लिइएका लक्ष्य प्राप्तीका लागि आगामी अवधिका लागि तय गरिएका नीति तथा कार्यक्रमलाई शाखागत रुपमा भिन्न भिन्न रणनीति बनाउन उक्त लघुबित्त संस्थाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.