चौधरी फाउण्डेसनले बाँड्यो पाँच सयभन्दा बढिलाई कृतिम हात खुट्टा

  २०७५ फागुन ८ गते १८:०७     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्तिहरु लाभान्वित भएका छन् । हात खुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको छ । काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गते शुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन गरिएको थियो ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशिल अंगको अभावमा जीवन विताई रहेका सहयोग गर्न पाउ“दा खुसी रहेको बताएका छन् । चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो ।


पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखी ३० गतेसम्म ५९ जना लाभान्वित भएका थिए । दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए ।

नेपालमा करिव एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवश्यकता रहेको अनुमान छ । यो समस्यालाई दिगो रुपमा समाधान गर्न चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ्ग सहायता समिति र सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा स्थाई रुपमा नै यो सेवा शुरू गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.