शुरू भयाे ‘स्मार्ट छोरी’ अभियान, देशभरका १० हजार किशोरी र महिला सहभागी

  २०७५ फागुन ८ गते १७:४७     विकासन्युज

काठमाडौं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलामाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।
डिजिटल शीपको अभावले भविष्य अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई विभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

स्मार्ट छोरी खल्तीएपभित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागीहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन सुरक्षा र वित्त व्यवस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५देखि३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् ।
यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा आँफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी विकास गर्न सकिनेछ । अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने, पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ ।
सबै इच्छुक दिदीबहिनीहरुलाई यस अभियानमा सामेल भई आफ्नो डिजिटल र वित्तीय क्षमता अभिवृद्धि गर्न र समुदायमा रोल मोडेल भई मानिसहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन आह्वान गरिएको छ ।
स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ?
१५ देखि ३५ वर्षसम्मकाकिशोरी तथामहिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्तएपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमाक्लिक गरी यो अभियानमाजोडिन सक्नेछन् । यो इ(लर्निङ प्लाटफर्म महिलाप्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.