बङ्गलादेशमा २० हजार वेबसाइट बन्द, पोर्नसाईटले अश्लीलता बढाएको सरकारको निश्कर्ष

  २०७५ फागुन ८ गते १७:४३     विकासन्युज

काठमाडौं। बङ्गलादेश सरकारले  २० हजार अश्लील वेबसाइटहरू बन्द गरेको छ।

मुस्लिम बहुमत भएको उक्त राष्ट्रमा इन्टरनेट प्रदायकहरूले गत हप्ता दूरसंचार नियामकका आदेश अन्तर्गत पोर्नोग्राफी र जुवाका वेबसाईटहरू बन्द गरेको हो।

‘म बालबालिकाको साथै सबै बङ्गलादेशीहरूको लागि सुरक्षित इन्टरनेटको सिर्जना गर्न चाहन्छु र यो मेरी अश्लील पोर्नोग्राफीको विरुद्धको युद्ध हो र र यो युद्ध निरन्तर हुनेछ, हुलाक तथा दूरसंचार मन्त्री मुस्ताफा जब्बरले एफपीलाई भने।

अधिकारीहरुको अनुसार लोकप्रिय एप्स टिकटक र बिगोको दुरप्रयोग भएको कारणले दक्षिण एशियाली राष्ट्रहरुमा पनि यो ब्लक गरिएको जबबारले बताए।

बङ्गलादेशको उच्च न्यायालयले नोभेम्बरमा सरकारलाई पोर्नोग्राफी वेबसाइटहरू रोक्न र छानबिनका गर्न आग्रह गरेपछि अश्लील वेबसाइटहरू बन्द गरिएको हो।

अदालतले एक संगठनले ठूलो संख्यामा वयस्क वेबसाइटहरू बिना सेंसर अश्लील सामग्री समावेश गरेको भनेर रिपोर्ट गरिसकेपछी त्यस्तो आदेश दिएको हो।

१६५ लाख जनसंख्या भएको बङ्गलादेशमा ९० लाख भन्दा धेरै इन्टरनेट प्रयोगकर्ताहरू रहेका छन्। ईन्टरनेटमा खोजिएको नामहरूको सूचीमा पोर्न स्टारहरु शीर्ष स्थानमा पर्दछन्।

एपिएफको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.