बाग्मतीमा बग्यो ८ अर्ब, अझै ५० अर्ब बगाएपछि मात्रै नुहाउन पाइने !

  २०७५ फागुन ८ गते १५:३२     सुनिता पुडासैनी

काठमाडौं । बाग्मती सभ्यता एकीकृत विकासमा हालसम्म ८ अर्ब खर्च भएको छ । तर, अझै बाग्मती नदी सफा हुन सकेको छैन । पूर्ण रुपमा नदी सफा बनाउन र सो क्षेत्रलाई सफा र सुन्दर बनाउन अझै ५ वर्षको समय र ५० अर्ब खर्च लाग्ने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

सरकारले २०५१ साल चैत्रमा पशुपति क्षेत्र वातावरण कार्यान्वयन तथा अनुगमन समिति गठन गरी काम अघि बढाएको थियो । सोही समितिलाई २०६४ साल जेठमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति नामाकरण गरी सरकारले बाग्मती सफाई अभियान चलाउँदै आएको छ । समिति मार्फत हालसम्म ८ अर्ब खर्च भएको हो ।

बाग्मती क्षेत्रलाई सुन्दर बनाउन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले थप ५३ वटा पार्क निर्माणका लागि प्रस्तावित गरेको छ । नख्खु, हनुमन्ते र बाग्मतीमा वृक्षरोपण/पार्क निर्माण, संरक्षण/सम्वद्र्धनमा स्थानीय पचिालन गर्दै जाने, तोकिएको जिम्मेवारी पूरा नगर्ने संस्थालाई दण्डित गर्ने आयोजना प्रमुख घिमिरेले बताए ।

बाग्मती नदी पूर्णरुपमा सफाई गर्न अझै ५ बर्षको समय लाग्ने र थप ५० अर्ब खर्च गरेपछि मात्रै बाग्मतीको पानी नुहाउन योग्य हुने समितिका आयोजनाका प्रमुख तथासदस्य सचिव आशिष घिमिरेले बताए । तर गत आइतबार शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले २ बर्षभित्र बाग्मती नदीको पानी नुहाउन योग्य बनाउन योजना पेश गर्न निर्देशन दिएका थिए । २ बर्षभित्र नुहाउन योग्य नभएमा कारवाही गर्ने चेतावनी पनि मन्त्री राईले दिएका थिए ।

नेपाल सरकार, मन्त्रीपरिषद्बाट २०६६ साउन २७ गते बाग्मती कार्ययोजना शुरु भएसँगै हालसम्म सुन्दरीजलदेखि बाग्मती–विष्णुमती दोभानसम्मको निर्माण कार्य सम्पन्न गर्ने जिम्मा आयोजनाले लिएको छ ।

बाग्मती सफाईमा अहिलेसम्म के के भयो ?
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले ६३३ रोपनी जग्गा अतिग्रहण गरेको छ । बाग्मती नदी र यसका सहायक नदीहरुको उद्गमस्थलदेखि कटुवाल दहसम्म निर्माण एवम् सरसफाई अभियानमा हालसम्म २३.३ मिटर ढल निर्माण कार्य सम्पन्न गरेको छ । १५.८५ कि.मि सडक निर्माण साथै ४८.३३ किमिमा नदी नियन्त्रण कार्य सम्पन्न भएको छ ।

त्यस्तै, नदीका किनारमा १६ वटा पार्क निर्माण सम्पन्न भएको छ । गुह्येश्वरी ढल प्रशोधन केन्द्र सञ्चालनमा आएको समितिले जनाएको छ । बागमती सुधार आयोजना अन्तर्गत २४ मिटर अग्लो धाप ड्याम निर्माण गरी सुख्खायाममा ३८ लिटर प्रतिसेकेण्ड पानी वहाव वृद्धि हुने गरी खरिद प्रक्रिया अगाडि बढाएको छ । सुन्दरीजलदेखि गोकर्ण खण्डमा करिब ८ किमि नदी तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ ।

गोकर्ण गुह्येश्वरी खण्डमा गोकर्णदेखि जोरपाटी पुलसम्म बाग्मती नदीको बहाव क्षेत्र ३५ मिटर र जोरपाटी पुलदेखि गौरीघाटसम्मको वहाव क्षेत्रलाई ४० मिटर कायम गरी नदी दायाँवायाँ किनारामा ४३४ रोपनी जग्गा अधिग्रहण गरी तटवन्धन, हरित क्षेत्र र सडक निर्माणको काम अगाडि बढाएको छ ।

समितिका सदस्य सचिव घिमिरेले तिलगंगा कोटेश्वर महादेव स्थानखण्ड नदीको पूर्व किनारमा ३.६५ र पश्चिम किनारमा ३.६८ किमि लम्बाइमा मुख्य ढल लाइन बिछ्याउने कार्य सम्पन्न भएको छ । साथै नदीमा मिसाइएका सम्पूर्ण ढललाई मुख्य ढल लाइन जोड्ने कार्य सम्पन्न भएको छ ।

आवश्यक बजेटको व्यवस्थापन, नदी क्षेत्रको जग्गामा विवाद र सुकुम्वासी वस्तीका कारण कारण काममा ढिलाई भएको आयोजना प्रमुख घिमिरेले बताए । नदीलाई प्रदुषण मुक्त गराई बाग्मती नदीको पवित्रता कार्यम गर्ने उद्देश्यले सहरी विकास मन्त्रालयको अधिकार प्राप्त समितिलाई निर्माणको जिम्मा प्रदान गरेको हो ।

कोटेश्वर महादेवस्थानदेखि शंखमूल खण्डसम्म दुबै किनारमा २.६ किमि ढल लाइन बिछ्याउने, दुवै किनारका सडक कालोपत्रे तथा नदी नियन्त्रण कार्य सम्पन्न भएको छ । शंखमूलदेखि थापाथली र थापाथलीदेखि बाग्मती विष्णुमती दोभान टेकु खण्डसम्म तटबन्ध, ढल विछ्याउने, लेभल क्रसिङ्ग स्ट्रक्चर निर्माण, सडक कालोपत्रे तथा नदी नियन्त्रण कार्य हालसम्म सम्पन्न भएको समितिले जानकारी दिएको छ ।

आयोजनका लागि आर्थिक वर्ष २०७५/७६ मा १ अर्व ८९ करोड २७ लाख बजेट बिनियोजना भएको छ । चालु आर्थिक वर्षमा २ किमि ढल निर्माण कार्य सम्पन्न भएको छ भने १.५ किमि नदी नियन्त्रण कार्य तथा १६ वटा पार्क निर्माण सम्पन्न भएको छ । यसैवर्ष १० वटा पार्क निर्माण भईरहेको छ, त्यस्तै ४० वटा पार्कका लागि सम्झौता भएको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले वाटर रिचार्जको कार्य शुरु गरेसँगै ५ सय घरधुरीले पानी प्राप्त गरेका छन् भने २५ सय घरधुरीमा पानी व्यवस्थापनको तयारी भईरहेको छ ।

अब के के गरिंदैछ ?
बाग्मती क्षेत्रलाई सुन्दर बनाउन अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले थप ५३ वटा पार्क निर्माणका लागि प्रस्तावित गरेको छ । नख्खु, हनुमन्ते र बाग्मतीमा वृक्षरोपण/पार्क निर्माण, संरक्षण/सम्वद्र्धनमा स्थानीय पचिालन गर्दै जाने, तोकिएको जिम्मेवारी पूरा नगर्ने संस्थालाई दण्डित गर्ने आयोजना प्रमुख घिमिरेले बताए ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले वाटर रिचार्जको कार्य शुरु गरेसँगै ५ सय घरधुरीले पानी प्राप्त गरेका छन् भने २५ सय घरधुरीमा पानी व्यवस्थापनको तयारी भईरहेको छ ।

आयोजना ढिलाईको कारण के हो ?
आवश्यक बजेटको व्यवस्थापन, नदी क्षेत्रको जग्गामा विवाद र सुकुम्वासी वस्तीका कारण कारण काममा ढिलाई भएको आयोजना प्रमुख घिमिरेले बताए । नदीलाई प्रदुषण मुक्त गराई बाग्मती नदीको पवित्रता कार्यम गर्ने उद्देश्यले सहरी विकास मन्त्रालयको अधिकार प्राप्त समितिलाई निर्माणको जिम्मा प्रदान गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.