सुजुकी बर्गम्यान १२५ सीसी स्कूटरको बिक्री शुरु, भैरहवामा शोरुम उद्घाटन

  २०७५ फागुन ८ गते १२:२८     विकासन्युज

काठमाडौँ । भैरहवामा सुजुकी बर्गम्यान १२५ सीसी स्कूटरको बिक्री शुरु भएको छ । फागुन ७ गते सुजुकी टु ह्वीलर्सको लागि शोरुम पनि उद्घाटन भएको छ । भैरहवा लुम्बिनी गेट नजिकै सिद्धार्थ मोटर्सबाट सो स्कूटरको बिक्री शुरु गरिएको छ । पत्रकार सम्मेलन गरी शोरुम उद्घाटन र सुजुकी बर्गम्यान बिक्री शुभारम्भ तथा र्याली सम्पन्न गरेको कम्पनीले जनाएको छ ।

भैरहवा उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने सुजुकी बर्गम्यान १२५ सीसीको बिक्री शुभारम्भ साथै शोरुम उद्घाटन भएको हो । विशिष्ट अतिथिहरुमा लाइन्स कल्ब अफ सिदार्थ नगर का अध्यक्ष थिरिन्द्र श्रेष्ठ , प्रहरी अफिसर नारद कार्की, सिदार्थ बैंकका भैरहवा शाखा म्यानेजर जीबन घिमिरे, मुक्तिनाथ बिकास बैंकका म्यानेजर बिकल छेत्रीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भी जी सुजुकी कम्पनीका एरिया सेल्स म्यानेजर धनीराम भुसाल र भी जी सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइरालाले पनि दैनिक जीबनमा मानबको लागी स्कूटर जीबन साथी जस्तै भएको बताए । कार्यक्रममा सुजुकी भैरहवा को सुजुकी बिक्रेता सिद्धार्थ मोटर्सका अध्यक्ष दिनेसमान अमात्यले कार्यक्रमको सभापतित्व गरेका थिए ।

आकर्षक तथा सुविधाजनक यो स्कूटर म्याक्सी–स्कूटर हो, जसमा १४ इन्च आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२५ सिसिको शक्तिशाली इन्जिन जडित छ ।

स्कूटरको अग्र भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । डिजिटल ड्यासबोर्ड रहेको यो स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । फरक खालको बनावटको कारणले यो स्कुटर अत्यन्त आकर्षक देखिनुका साथै बाक्लो र विस्तारित सिटले यसलाई चलाउँदा छुट्टै प्रकारको अनुभूति महशुस हुन्छ ।

यो स्कूटर १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुने सिद्धार्थ मोटर्स भैरहवाका अध्यक्ष दिनेशमान अमात्य बताए । हाल यसको नेपालको बजार मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.