नक्कले भुवनको ‘ओई नक्कली’ बजारमा

  २०७५ फागुन ८ गते ९:३२     विकासन्युज

काठमाडौं । उदियमान मोडल भुवन श्रेष्ठको नयाँ भिडियो बजारमा आएको छ । चकलेटी लुक्सका भुवनको नयाँ भिडियो बजारमा आएको हो । ओई नक्कली बोलको गीतमा भुवनले आफ्नो कलाकारिता देखाएका छन् ।
भ्यालेन्टाइन्स डेको अवसर पारेर बजारमा आएको गीतको भिडियोमा बवुल गिरीको शब्द तथा संगीत र एरेन्ज रहेको छ । गितलाई प्रकाश मिश्रले मिक्सिङ गरेका छन । म्युजिक भिडियोमा रोहित शर्मा को छायाँकन, मिलन विश्वकर्माको सम्पादन र संगीत सागरको निर्देशन रहेको छ । उक्तगीतमा भुबन श्रेष्ठ , करिष्मा श्रेष्ठ , अभि सुनारको फिचरिङ रहेको छ ।

चकलेटी लुक्सका कारण पछिल्लो समय भुवनलाई नयाँ पुस्ताका आशा लाग्दा मोडलका रुपमा समेत हेर्न थालिएको छ । युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका भुवनले नयाँ नयाँ म्युजीक भिडियोका लागि अफर आउने क्रम बढेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.