छायाँ सेन्टरको पत्रकार सम्मेलनमा स्थानीयवासीको अवरोध, झण्डै कुटाकुट

  २०७५ फागुन ७ गते १७:३९     नबिन पोखरेल

काठमाडौ । ठमेलको छायाँ सेन्टरले आयोजना गरेको कार्यक्रममा स्थानीयबासीले चर्को आक्रोश व्यक्त गरेका छन् । सार्वजनीक पोखरी मासेर कम्प्लेक्स बनाएको भन्दै स्थानीयबासीले कार्यक्रम स्थलमै विरोध जनाएका हुन् ।

करीब ५ जनाको समूहमा आएका स्थानीयबासीले चर्को स्वरमा असहमतिका भाषा प्रयोग गरेका थिए । सोही समूहका एक जनाले भने- पोखरी मासेर छायादेवी बनाउने भए कुनै दिन रानीपोखरी नै मासेर मायादेवी बनाएको पनि सर्वसाधारणले टुलुटुलु हेरेर बस्न बाध्य हुने दिन आउन सक्छ । चरम निराशामा रहेको जस्तो देखीने उनीहरुले आफूहरु माथि भौतिक आक्रमण नै भएपनि विरोध गर्न नछाडने जनाएका थिए ।

यसरी कार्यक्रममा छाँया सेन्टरका प्रबन्ध निर्देशक महेश श्रेष्ठले आफूहरु कानुनी रुपमा सही रहेको कुरा व्यक्त गरेपश्चात स्थानीयले यस्तो हर्कत देखाएका हुन् । उनीहरुले त्यहाँको पोखरी व्यक्तीगत सम्पती हुनै नसक्ने र सो प्रमाण आफूहरुसँग रहेको भन्दै पुस्तकको समेत प्रदर्शन गरेका थिए । यस किसीमले आफना असहमति राखेपछि सो समूह नारावाजी गर्दै कार्यक्रम स्थलबाट बाहीरीएका थिए । नाराबाजीको आशयपनि छाँयादेवीले सार्वजनिक जग्गा हडप्न नपाउने भन्नेमा नै केन्द्रीत रहेको थियो ।

यसरी स्थानीयले चर्का स्वरमा हल्ला गरेपछि छाँया सेन्टरका प्रबन्ध निर्देशकले आफूहरुलाई हल्ला र आक्रोशले भन्दापनि अदालती कागजमा दोषी प्रमाणीत नभएकाले बखेडा उत्पन्न गरेर केही फरक नपर्ने मत जाहेर गरे ।

लगानी खुलासा गर्नबाट तर्कियो छाँया सेन्टर
छाँया सेन्टरले आफ्नो सेयर लगानी क कसले, कुन प्रकृयामा कति राखेको जस्ता कुरा पारादर्शी बनाउनबाट तर्किएको पाईन्छ । पत्रकार सम्मेलनमा सो कुराको माग हुदा छाँया कम्प्लेक्सले त्यसको बे वास्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.