भाटभटेनीले त्रिवि शिक्षण अस्पतालमा नौ तले भवन बनाउने, १० महिनामा हस्तान्तरण

  २०७५ फागुन ७ गते १४:३८     विकासन्युज


काठमाडौँ । भाटभटेनी सुपर मार्केटले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका लागि ९ तले भवन बनाइदिने भएको छ । यस सम्बन्धमा लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पताल प्रशासनले जनाएको छ ।

भाटभटेनीले दश वर्ष अघि शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको थियो । अहिले सोही आकस्मिक कक्ष नजिकै ९ तले भवन निर्माणमा सहयोग गर्न लागेको र यस सम्बन्धमा सुपरमार्केटका सञ्चालक मीन गुरुङसँग कुराकनी भएको अस्पताल प्रशासन बताउँछ । ८–१० दिनमा भवन डिजाइनको अन्तिम चरणको काम अघि बढ्छ-अस्पतालका प्रशासक सूर्य अधिकारीले बताए ।

सुपरमार्केटले यसअघि निर्माण गरिदिएको आकस्मिक कक्षको लागत १३ करोड थियो । अब बन्ने भवन त्यो भन्दा बढी लागतको हुने बताइएको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले अस्पताललाई आकस्मिक कक्ष विस्तार, बिरामी कुरुवा कोठा, हेलिप्याड सहितको भवन निर्माण गर्ने इच्छा देखाएको अस्पताल प्रशासन बताउँछ ।

गुरुङले दस वर्षअघि आफ्ना स्वर्गीय मातापिता बृषबहादुर गुरुङ र धनमाया गुरुङको स्मृतिमा सो आकस्मिक कक्ष निर्माण गरी सफाइ व्यवस्थापन आफैं गर्दै आएका छन् ।

अब बनाउन लागिएको भवन १० महिना भित्र निर्माण हुने र अस्पतालमा हस्तान्तरण गर्ने सञ्चालन गुरुङको योजना छ दुई वर्ष अघि नै सुपरमार्केटले यो प्रस्ताव लगेपनि विविध कारणवश यो काम शुरु हुन सकेको थिएन, अब भने निर्माण कार्य शुरु हुने अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.