सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

  २०७५ फागुन ७ गते १२:०४     विकासन्युज

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिका लागि शिफारिस भएर पनि उनको नामलाई संसदीय सुनवाई समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि उनी उनी लामो समय घरबिदामा बसेका थिए र ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदका सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.