विदेशबाट ल्याउने कर्जाको सीमा दोब्बर, ऋणपत्र जारी गर्नैपर्ने

  २०७५ फागुन ६ गते २३:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी परिचालनका लागि बाह्य तथा दीर्घकालीन स्रोतहरुको पहिचान गर्न सुझाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई त्यस्तो निर्देश गरेको हो ।

त्यसका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा लिइने कर्जाको सीमालाई प्राथमिक पुँजीको ५० प्रतिशतबाट बढाएर शतप्रतिशत पुर्याएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुले दीर्घकालीन प्रकृतिको ऋणपत्रहरु जारी गर्नैपर्ने व्यवस्था समेत गरेको छ भने कल निक्षेपको मात्रा कुल निक्षेपको १० प्रतिशतभन्दा हुन नपाउनेगरी कडाई गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.