नबिल बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, एकैदिन चार करोड ७७ लाख बढीको कारोबार

  २०७५ फागुन ६ गते १५:२२     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा लगानीकर्ताहरु नबिल बैंकको सेयरमा आकर्षित देखिएका छन् । बैंकको एकैदिन संथापक र साधारण सेयर गरी चार करोड ७७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

सोमबार मात्रै बैंकको २ करोड ४३ लाख ९२ हजार ५६४ रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७४७ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा २३ रुपैयाँले बढेर प्रतिकित्ता ७४७ रुपैयाँमा कारोबार भएको छ । आइतबार बैंकको प्रमोटर सेयर मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकको २ करोड ३३ लाख ६३ हजार २१२ रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएको छ । बैंकको सेयर कारोबारमा वृद्धि भएपछि कारोबार रकममा भने गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा बैंकको साधारण सेयर प्रतिकित्ता २४ रुपैयाँले घटेर ७८३ रुपैयाँमा झरेको छ । आइतबार बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता ८०७ रुपैयाँ रहेको थियो ।

त्यस्तै, अपर तामाकोशी हाइड्रो पावर र एनएमबि बैंकको एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल १६१ कम्पनीको २३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समग्रमा सोमबारको नेप्से परिसूचक ७.२१ अंकले घटेर ११०२ अंकमा अडिएको छ ।

बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । संस्थाका लगानीकर्ताले एकैदिन ९.९५ प्रतिशत कमाएका छन् । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको भने सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ ।

सो दिन होटल र उत्पादनमूलक समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.