दुर्घटनामा परेर घाइते बाराका प्रमुख जिल्ला अधिकारीको निधन

  २०७५ फागुन ६ गते १५:०२     विकासन्युज


काठमाडौँ । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

माघ १२ गते ना१झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्क्याक्टरको टेलरसँग ठोक्दिा उनी गम्भीर घाइते भएका थिए । सो दुर्घटनामा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलको भने सोही दिन घटनास्थल मै मृत्यु भएको थियो । गाडीमा सवार अन्य ३ जनापनि घाइते भएका थिए ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । घटनामा परेर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.