फ्याक्ट्स अफ नेपाल सार्वजनिक, यसरी पढ्न सकिन्छ आर्थिक सहित १९ क्षेत्रको जानकारी

  २०७५ फागुन ६ गते १४:२४     विकासन्युज

काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरी तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०१९ संस्करण सोमबार अनावरण गरेको छ ।

२०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरी बनाइएको सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स) हरु समावेश गरिएका छन् । सरल र जानकारीमुलक ढङ्गबाट गरिएको क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको छ ।

यो पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्र लगायतका १९क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको पाँचौं संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमालिने गरिएको छ ।

यो संस्करणको पुस्तक पसलहरुबाट किनेर वा ई–बुक वि–रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेरपनि पढ्न सकिने जनाइएको छ ।
स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै सन् २०१२ देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.