हेटौंडाको मुख्य सडक फराकिलो बनाईने, १६-१६ मिटर कायम गर्न केन्द्र सरकारसँग अनुरोध

  २०७५ फागुन ६ गते ११:३२     विकासन्युज


हेटौंडा । तीन नम्बर प्रदेशको मन्त्री परिषद बैठकले हेटौंडाको मुख्य बजार पर्ने राजमार्गको थप फराकिलो बनाएर बाईपास सडकपनि निर्माण गर्ने निर्णय गरेको छ । हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पश्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ बायाँ १६-१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा बिकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निणय गरेको हो ।

हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा बिकास गरेर ४ लेनको सडक निर्माण गर्ने, त्यसमा ग्रिन बेल्ट (सडकको दायाँ बायाँ बगैँचा) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाईपास सडक निर्माण गरेर राजमार्गका रुपमा बिकास गर्ने निणय गरिएको हो ।

बाईपास सडक निर्माणका लागि तीन नंम्बर प्रदेश सरकारले चालु आर्थिक बर्षमा पाँच करोड रुपैयाँ छुट्याएको छ । यो रकमबाट खर्च गर्ने गरी डिपीआर बनाउने काम अन्तिम चरणमा पुगेको भौतीक पुर्बाधार बिकास मन्त्रालयले जनाएको छ ।

उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा अगाडि बढाउने गरी प्रदेश सरकार अगाढी बढेको हो । हेटौंडा क्षेत्रमा पर्ने राजमार्गलाई बैकल्पिक ब्याबस्था गर्नका लागि संघिय सरकारलाई अनुरोध गर्ने गरी तत्काल पठाईने मन्त्री परिषद् श्रोतले जनाएको छ ।

शहरी राजमार्गका रुपमा बिकाश गरेपछि हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग, त्रिभुवन राजपथ सडकको दायाँ बायाँ २५ मिटर भत्काउने भनेर सडक डिभीजन कार्यालय हेटौंडाले यसअघि सुचना जारी गर्दै आएको काम पनि ओझेलमा परेकोे छ ।

यसैगरी मन्त्री परिषद् बैठकले बहुप्राबिधिक महाबिद्यालय स्थापना गर्नका लागि जग्गा प्राप्तीका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रबक्ता कैलाशप्रसाद ढुंगेलले बताए ।

सिन्धुपाल्चोकको चौतारामा निर्माण गर्नका लागि यो अनुरोध प्रदेश सरकारले गर्न लागेको हो । त्यसैगरी, प्रदेशको संगठन संरचना र दरबन्दीको तेरिस स्वीकृती गर्ने सम्बन्धमा पनि निर्णय भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.