राष्ट्र बैंकका पदाधिकारीलाई कारबाही गर्नुपर्छः पुर्व मन्त्री तामाङ

  २०७५ फागुन ५ गते १८:०८     विकासन्युज

काठमाडौं । पूर्व मन्त्री शेर बहादुर तामाङले गलत तथ्यांक दिने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा पूर्व कानुन मन्त्री तामाङले गलत आर्थिक परिसूचक सार्वजनिक गर्ने राष्ट्र बैंकका पदाधिकारीहरुलाई कारवाही हुनुपर्ने बताएका हुन ।

केही पत्रपत्रिकाहरुले राष्ट्र बैंकको हवला दिँदै अन्य तथ्यांक पेश गरेकोप्रति टिप्पणी गर्दै भने,‘सरकारलाई एउटा तथ्यांक दिने, अनि पत्रिकालाई अर्को तथ्यांक दिने काम राष्ट्र बैंकका पदाधिकारीहरु गर्नु हुँदैन । गलत तथ्यांक दिनेहरुलाई कारबाही गर्नुपर्छ ।’

प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको ग्राफ हेर्दा आफूले सरकारलाई सफल भएको मान्ने पनि तामाङको भनाई थियो । उनले भने,‘म त यो ग्राफ हेर्दा सरकार सफल भएको देख्छु ।’ उनले सरकारले गर्नुपर्ने कामहरु गरेरै अघि बढेको पनि दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.