कृषि विकास बैंकले निक्षेपमा १०.७५ प्रतिशत व्याज दिने, कर्जाकाे व्याज पनि घटायाे

  २०७५ फागुन ५ गते १४:१६     विकासन्युज

यसअघि बैंकले प्रकाशित गरेकाे निक्षेपकाे व्याजदर

काठमाडौं । निक्षेपकर्ताहरुकाे हितका लागि भन्दै कृषि विकास बैंकले व्याजदरमा वृद्धि गरेको छ । बैंकले साविकको व्याजदरमा १.५ प्रतिशत थप हुने गरी बृद्धि गरेको जनाएकाे छ ।

यसअघि बैंकले ८.२५ देखि ९.२५ प्रतिशतसम्म व्याज दिएकाे थियाे । पुरानाे दरमा १.५ प्रतिशत व्याजदर वृद्धिसँगै बैंकले निक्षेपकर्तालाई १०.७५ प्रतिशत व्याज दिने भएकाे छ ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंककाे दवावमा नेपाल बैंकर्स संघले निक्षेपकर्तालाई दिने व्याज एकलदर सीमामा राख्ने निर्णय गरेकाे थियाे । तर कृषि विकास बैंकले बैंकर्स संघले ताेकेकाे सीमा भन्दा बढी व्याज प्रस्ताव गरेकाे हाे । यस बैंककाे प्रमाेटर नेपाल सरकार हाे ।

त्यस्तै,  बैंकले कर्जामा पनि एक प्रतिशत व्याज घटाएकाे छ । माघ २८ गते बसेकाे बैंक सञ्चालक समितिकाे बैठकले  फागुन १ गतेदेखि लागु हुने गरी कर्जाको व्याजदर १ प्रतिशत घटाएकाे बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।

बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जन गुनासोलाई सम्बोधन हुने गरी बैंकले उक्त निर्णय गरिएकाे बैंकले जनाएकाे छ ।

कृषि विकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.