बजारमा घलेम्दी हाइड्रोको सेयर बेच्नेकाे लर्काे, काेही छैनन् किन्ने

  २०७५ फागुन ५ गते १३:४५     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा आजदेखि कारोबार शुरु भएको घलेम्दी हाइड्रो पावरको सेयर बेच्नेको लर्को देखिएको छ ।
तर बजारमा सेयर बेच्नेको लर्को देखिए पनि सेयर किन्ने लगानीकर्तामा भने खासै उत्साह नदेखिएको हाइड्रोको मार्केट देप्थले देखाएको छ ।

स्टक सिम्बोल जीएचएलको नामबाट कारोबार शुरु गरेको हाइड्रोको करिब २ बजेसम्म कुल १७८९ कित्ता सेयर बिक्रीमा रहेको छ । तर सो अवधिसम्म सेयर किन्ने इच्छुक कोही देखिएका छैनन् ।

हाइड्रोको हालै नेप्सेमा सूचिकृत भएको कुल ५५ लाख कित्ता साधारण सेयर(आईपीओ) काे किनबेच शुरू भएकाे हाे ।नेप्सेले हाइड्रोको पहिलो कारोबारको लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्म मूल्य तोकेको थियो ।

काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यस हाइड्रोको हालसम्म १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.