सेञ्चुरी बैंकद्वारा सर्लाहीमा सञ्चालित आँखा शिविरमा सहयोग

  २०७५ फागुन ५ गते ११:५८     विकासन्युज

काठमाडौं । सेञ्चुरी बैंकद्वारा सर्लाही जिल्लामा सञ्चालित आंखा शिविरमा सहयोग गरेको छ । नेपाल आंखा अस्पताल, त्रिपुरेश्वरद्धारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविरमा सेञ्चुरी कमर्सियल बैंकले रु. ५० हजार आर्थिक सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेबीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो । डा. इन्दुप्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा करिब १८०० जनाको साधारण चेकअप र १६४ जनाको मोतिविन्दुको शल्यकृया भएको थियो ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.