देवीघाटको वृद्धाश्रममा लायन्स क्लबको सोलार प्यानल

  २०७५ फागुन ५ गते ८:४४     विकासन्युज

काठमाडौं । नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रममा सोलार प्यानल जडान गरिएको छ । लायन्स क्लव इन्टरनेशनलको सहयोगमा विदुर नगरपालिका वडा नम्बर ५ स्थित जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रममा शनिबार सोलार प्यानल जडान लायन्सले सो प्यानल जडान गरी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का गभर्नर लायन अशोक श्रेष्ठ गभर्नर श्रेष्ठले सामाजिक सेवामा लायन्स हरुको भूमिका महत्वपूर्ण रहको र सेवाकार्यमा एकमन भै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अुनुज कुमार श्रेष्ठले सामाजिक सेवामा सक्रिय लायन्स क्लबको ‘लिभिङ बाइ गिभिङ’ भन्ने मान्यताका साथ अघि बढेको भन्दै यस्ता सामाजिक सहयोगहरु गर्दै जाने बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिष्णु नेपाल, डिस्ट्रिकका पदाधिकारीहरु मणिश्री रत्न बज्राचार्य, हरि मरठ्ठा, रमेश श्रेष्ठ लगायतको उपस्थिति थियो । विभिन्न १६ वटा क्लबहरु तथा डिस्ट्रिक पदाधिकारीहरुको सहयोगमा गत माघ महिनामा सोलार प्यानल जडान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.