स्पर्श लघुवित्तलाई आईपीओ अनुमति, कस्ताे छ वित्तीय अवस्था ?

  २०७५ फागुन ४ गते १०:२६     विकासन्युज

काठमाडौं । स्पर्श लघुवित्तले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । करिब ८ करोड ३० लाख चुक्ता पुँजी रहेको उक्त बैंकले पुँजीको ३२.५० प्रतिशतले हुने २ करोड ६९ लाख रुपैंया बराबरका २ लाख ६९ हजार कित्ता साधारण शेयर निष्कासन प्रस्ताव गरेकोमा शुक्रबार बोर्डले अन्तिम स्वीकृति प्रदान गरेको हो ।

अन्तिम अनुमति पाएसँगै लघुवित्तले केही दिनभित्रै शेयरको सार्वजनिक निष्कासनका लागि आह्वानपत्र जारी गर्नेछ । उसले यसअघि नै सानिमा क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । प्रचलित धितोपत्र निष्कासनसम्बन्धी व्यवस्थाअनुसार उक्त शेयर २६ हजार ९०० जनाले १० कित्ताका दरले प्राप्त गर्नेछन् ।

कस्तो छ लघुवित्तकाे वित्तीय अवस्था ?

जनता बैंक मुख्य प्रवर्द्धक भएको स्पर्शले कास्की जिल्लामा मुख्य कार्यालय रही कास्की, म्याग्दी, अर्घाखाँची, गुल्मी, बागलुङ, लमजुङ, परासी, पर्वत, तनहुँ, र गोरखा गरी १० जिल्लामा २० शाखामार्फत् व्यवसाय सञ्चालन गर्दै आएको छ । पहिलो त्रैमासमा करिब ३१ लाख रुपैंया नोक्सानमा रहेको स्पर्श लघुवित्तले तीन महिनामै ३७ लाख रुपैंया आर्जन गरेर आफ्नो नाफा ६ लाख पुर्याएको छ ।

नाफामात्र नभएर लघुवित्तले पछिल्लो ३ महिनामा २८ लाख सिञ्चित कोषको नोक्सानलाई समेत ८ लाखले सकारात्मक बनाएको छ । ४७ करोड ५२ लाख ऋण र १० करोड २८ लाख सदस्यहरुबाट संकलन गरेको लघुवित्तले पुस मसान्तसम्म ५२ करोड रुपैंया कर्जा प्रवाह गरेको छ । हाल ११.५९ प्रतिशतमा रहेको लघुवित्तको पुँजी पर्याप्तता अनुपात कसिलो देखिए पनि आईपीओ जारी गरिसकेपछि तत्काल पर्याप्त व्यवसाय गर्ने क्षमता विस्तार गर्नेछ ।

प्रचलित कानूनबमोजिम ३ करोड भन्दा कम आईपीओ जारी गर्नका लागि रेटिङको आवश्यकता नपर्ने भएकोले यसले रेटिङ भने लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.