फागुन १० गतेदेखि महिन्द्राले लाइफ स्टाइल अटो शो गर्दै, नयाँ गाडी भित्र्याउने

  २०७५ फागुन ३ गते २२:०३     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक लाईफ स्टाईल अटो शो ‘महिन्द्राउदय’ २०१९ फेस्टीवल हुने भएको छ । उक्त फेस्टीवल अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको हो ।

महिन्द्राले यहि फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आफ्नो सबै रेन्जको ग्लोबल मोविलीटी सोलुसनका प्रडक्टहरुको पहिलो पटक लाइफ स्टाइल अटो शो गर्ने भएको छ । उक्त शोमा महिन्द्राले मोविलीटी सोलुसन अन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म प्रदर्शन गर्ने भएको छ ।

त्यस्तै, महिन्द्राको विश्वस्तरीय रेन्जका टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटर जस्ता प्रोडक्टहरुको प्रदर्शनी हुने छ । नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरु, हेवी कमर्शीयल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्शियल भेइकल अन्तरगत फ्युरीयोको प्रदर्शनी गर्ने भएको छ ।

त्यसैगरी, उक्त शोमा स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर, सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कारहरु–ईटुओ र ईभेरिटोको प्रदर्शनी हुँदै छ ।

२०.७ बिलीयन अमेरिकी डलरको कम्पनी महिन्द्राले कार्यक्रममा रेसिङ् इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गर्ने भएको छ । महिन्द्राको एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ईअल्फाको पनि प्रदर्शनी हुने आयोजकले बताएका छन् । यस इभेन्टमा सबै अन्तर्राष्ट्रिय रेन्जका प्रडक्टहरु टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरहरुको प्रदर्शनी हुनेछ ।

महिन्द्राले नेपालका ग्राहकहरुलाई महिन्द्रा उदय २०१९ फेस्टीभलमार्फत महिन्द्राका प्रडक्टहरुको बारेमा अनुपम अनुभव दिनेछ । यस इभेन्टको डिस्प्लेले महिन्द्राका सवारी साधनहरुको टफ र रग्ड डिएनएको बारेमा अवलोकनकर्ताहरुलाई जानकारी दिनेछ । यस फेस्टीभलमा सवारी साधनहरुको प्रदर्शनी बाहेक नेपालका चर्चित कलाकारहरुको लाइभ प्रफर्मेन्सका साथै ६ वटा भन्दा बढि बिभिन्न भेराइटीका खानाहरुको पनि स्टल रहने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.