आर्थिक लेनदेनमा मुछिएका आयुक्त पाठकको राजीनामा

  २०७५ फागुन ३ गते १७:२४     विकासन्युज


काठमाडौँ । राष्ट्रपति कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले राजीनामा दिएका हुन् । तर, उनको राजीनामा स्वीकृत भने भएको छैन । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार आयोगले आयुक्तको सूचीबाट पाठकको नाम हटाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.