इजरायलमा राजदुत शाक्यलाई रेड कर्पाेटः राष्ट्रपति र प्रधानमन्त्रीलाई भ्रमणको निम्तो

  २०७५ फागुन ३ गते १६:३०     विकासन्युज

काठमाडौँ । इजरायलका लागि नवनियुक्त नेपाली राजदूत डा. अञ्जान शाक्ले नेपालका सात वटै प्रदेशमा इजरायलको ‘सेन्टर अफ एक्सिलेन्सी’ अर्थात इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्नका लागि इजरायलका राष्ट्रपति समक्ष प्रस्ताव राखेकी छिन् ।

इजरायलको जेरोसेलमा इजरायली राष्ट्रपति रिउनभेन रिभलीन समक्ष बिहीबार ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत शाक्यले यस्तो प्रस्ताव गरेकी हुन् । इजरायली उच्च प्रविधिको तालिम केन्द्र खोल्ने र त्यस मार्फत कृषि, सूचना प्रविधि, कम्युटर, मेडिकल र शिक्षामा विभिन्न एडभान्स प्रविधि हस्तान्तरण गरी नेपालमा रोजगारीको अवसर प्रदान गर्न सकिने राजदूत शाक्यले प्रस्ताव राखिन् ।

राजदुत शाक्यले ‘गार्ड अफ अनर’ सहितको सो कार्यक्रममा इजरायलका राष्ट्रपतिसँग आधा घण्टा भन्दा बढी ‘वान टु वान’वार्ता गरेकी थिइन । ‘इजरायली लगानी कर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ,’ राजदूत शाक्यले भनिन्, ‘राष्ट्रपतिज्युको भेटमा पनि यो विषयमा कुराकानी भयो । राष्ट्रपतिले त्यसलाई सकारात्मक रुपमा लिनुभयो । २०१९मार्च महिनामा नेपालमा लगानी सम्मेलन हुँदै छ । मैले इजरायली लगानीकर्तालाई नेपालमा लगानी गर्न राष्ट्रपति समक्ष लगानीको प्रस्ताव गरेकी छु ।’

शाक्यले आधा दर्जन भन्दा बढी लगानीकर्ताले लगानीका लागि प्रतिवद्धता जनाएको पनि बताइन् । त्यसैगरी भेटमा राष्ट्रपति रिभलीनले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई इजरायलको भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति रिभलीनको प्रस्तावलाई सकारात्मक रुपमा लिदैँ राजदूत शाक्यले पनि इजरायलका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिईन । उनले अप्रिल ९ मा निर्वाचन सकिएपछि आउने नयाँ सरकारले यो प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

राजदूत शाक्यले हिबु्र भाषामै सम्वोधन गरेपछि राष्ट्रपतिले खुलेर कुरा कानी गरेका थिए । राजदूत शाक्य माघ २५ गते शुक्रबार इजरायल गएकी थिइन् । व्यवस्थापन विषयमा विद्या वारिधी गरेकी राजदूत शाक्यले पद्म कन्या कलेजमा २०५२ सालदेखि करीब एक दशक प्राध्यापन गरेकी थिइन् ।  अन्तराष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष तथा नेपाल ओमेन च्याम्वरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव शाक्यसँग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.