राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका ९ वटा विद्यालयलाई दियाे १ लाख रूपैयाँ

  २०७५ फागुन ३ गते १५:०९     विकासन्युज

काठमाडाैं । परोपकारी परियोजना अन्तर्गत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका ९ वटा विद्यालयालाई १ लाख रूपैयाँका दरले सहयोग गरेकाे छ । संघले नेपालका न्युन आय भएका परिवारका जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने योजना अनुसार विद्यालयहरुमा एक अक्षय कोष खडा गर्नको लागि उक्त सहयोग गरेकाे हाे ।

शुक्रबार सचिवालयमा आयोजना गरिएको एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम हस्तान्तरण गरेका हुन् । उनले गैरआवासीय नेपाली संघले विभिन्न एनसिसिहरुको सहयोगमा नेपालको विविध क्षेत्रहरुमा परोपकारी तथा सामाजिक कार्यहरु गरिरहेको बताए । यसरी उनले भविष्यमा संघले नेपाल र विदेशमा रहेका विद्यालयबीच समन्वय गराउनको लागि मितेरी विद्यालय अवधारणा ल्याउने योजना रहेको बताए ।

सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि-ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय-सप्तरी, बच्छला मावि-नुवाकोट, मंडली मावि-धादिंग, जनज्योति मावि-लम्जुङ, प्रभात प्राथमिक विद्यालय-कास्की, श्री रारा आवासीय विद्यालय-बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय-कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय बाजुरा रहेका छन् ।

कार्यक्रम गैरआवासीय संघका अध्यक्ष भवन भट्ट लगायत ओसेनिया क्षेत्रका क्षेत्रीय उपसंयोजक लोक नाथ पौडेल, अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य उषाकिरण बारीया, अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान युवा संयोजक विजय पोखरेल, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, एनसिसि अष्ट्रलियाका पूर्व अध्यक्ष महेन्द्र ओलि, एनसिसि रसीयाका पूर्व उपाध्यक्ष सन्तोष केसी, एनसिसि जर्मनीका महासचिव टंक लम्साल, विद्यालका प्रतिनिधिहरु लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.