टफउड गोल्ड प्लाई नेपाली बजारमा भित्रियो

  २०७५ फागुन ३ गते १४:०८     विकासन्युज

काठमाडौँ । भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डिया प्रालिद्धारा उत्पादित टफउड ब्राण्डको प्रिमियम प्लाइउड नेपालका लागि आधिकारिक बिक्रेता जसी एक्साइमले नेपाली बजारमा बिक्री शुरु गरेको छ ।

टफउडको गोल्ड ब्राण्डको यो प्लाइउड नवीनतम प्रबिधि प्रयोग गरी निर्माण हुन्छ र यो टिकाउ र कडा रहेको कम्पनीले जानएको छ । यो प्लाइउडको डिजाइन र सजावट धेरै किसिमको समकालीन जीवनशैली सुहाउँदो रहेको तथा उच्च बास्तुशिल्प र व्यवसायिक तवरको रहेको छ ।

यो प्लाइउड १६ एम.एम, १९ एम.एम.,२२ एम.एम, ३२ एम.एम.मा उपलब्ध रहेको छ । अत्याधुनिक उत्पादन प्रबिधि प्रयोग गरी उत्पादन हुने यो प्लाइउडमा उच्च गुणस्तरता कायम रहेको छ ।

नेपालको हावापानी सुहाउँदो यो प्लाइउड हिमाल, पहाड, तराई र मधेशमा बर्षौ बर्ष टिक्दछ र नेपालको हावापानी सुहाउँदो रहेको हुँदा यो प्लाइउड अत्यन्तै उपयोगी हुनेमा कम्पनी बिश्वस्त रहेको छ ।

टफउड गोल्ड मध्यम घनत्व फाइबरबोर्ड प्राक्टिकल बोर्ड, ब्लकबोर्ड, लचक प्लाई, सुटरिङप्लाई र अन्य समावेश गरिएको छ । बिभिन्न एम.एममा उत्पादन हुने प्लाईमा एकदमै टिकाउपन हुन्छ, यसले उत्पादनलाई पातलो हल्का बनाई महत्वपूर्ण लाभ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.