नेप्सेले खुलायो १० जनालाई जागिर, २१ दिनभित्र आवेदन दिनुपर्ने

  २०७५ फागुन ३ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १० जनालाई जागिर खुलाएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आन्तरिक र खुलातर्फ गरी सो मात्रामा दरखास्त आव्हान गरेको हो ।

आन्तरिक तर्फ उपप्रबन्धकमा २, सहायक प्रबन्धकमा २, सहायक आईटी प्रबन्धकमा १ र वरिष्ठ अधिकृत तहमा २ जना मागेको छ । त्यसैगरी, खुलातर्फ उपप्रबन्धक, वरिष्ठ अधिकृत र खुला/आधिवासी जनजातितर्फ वरिष्ठ अधिकृतमा १/१ जना गरी कुल ३ जना मागेको छ । उक्त सम्बन्धित तहको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता प्राप्त गरेको र एक तह मुनिको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको हुनुपर्ने छ । नेप्सेको सूचना हेर्न यसमा क्लिक गर्नुहोस्)

योग्यता पुगेका उम्मेदवारले न्युनतम दस्तुर तिरेर यस सूचना प्रकाशित भएको मितिले २१ दिनभिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र फारम भर्न सकिनेछ । योग्य उम्मेदवारले फागुन ३ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म भद्रकालीस्थित नेप्सेको कार्यालयमा पेश गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.