‘डिशहोम उज्वल भविष्य’ योजना सार्वजनिक, दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

  २०७५ फागुन ३ गते १२:१८     विकासन्युज

काठमाडौँ । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।

डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको गुलरिया स्थित, त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ । कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरु लाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको हो ।

यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद दशरथ चन्द उच्च माध्यामिक विद्यालय मा पनि शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । राजापुर नगरपालिका का उपप्रमुख मनकला थारु, ४ नं. वडा अध्यक्ष, प्रशासनिक निकाएका प्रमुखहरु तथा विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थितिमा शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ ।

डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दै आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको कम्पनीले जनाएको छ ।

“डिशहोम उज्वल भविष्य” कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरीय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने डिशहोम मिडिया नेटवर्कका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.