त्रिकोणले गलेश्वर आश्रमलाई दियो थेरापी मेसिन

  २०७५ फागुन ३ गते १२:०७     विकासन्युज

काठमाडौं । त्रिकोण एडभरटाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी लाई मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गरेका हुन् । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएको उनले बताए ।

‘यसबाट आश्रमलाई औषधोपचारका क्रममा आवश्यक पर्ने थेरापीगर्न मद्दत मिल्छ,’प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीले लामो समयदेखि नै निरन्तरतादिइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेका हौं । भविष्यमा पनि यस्ता कल्याणकारी कार्य जारी राख्छौं ।

उक्त आश्रममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आश्रम प्रमुख स्वामी आत्मानन्द गिरीले उक्त सहयोगका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उक्त उपकरणले थेरापी आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.