हुण्डाईको नयाँ स्यान्ट्रो नेपाली बजारमा, यस्ता छन् विशेषता

  २०७५ फागुन ३ गते ११:५२     विकासन्युज


काठमाडौँ । नेपालको लागि हुण्डाई मोटरको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपाली बजारमा भित्र्याएको छ ।

हुण्डाइ मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको १० वर्षको साझेदारीको उपलक्ष्यमा बिहीबार आयोजना गरिएको उक्त कार्यक्रम सोल्टी क्राउन प्लाजा होटलमा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको हो ।

बजारको बदलिदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस् डिजाईन, आरामदायी र प्रिमियम क्यावेन, नयाँ युगको टेक्नोलोजि, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथ नयाँ स्यान्ट्रो गाडी पुनः नेपाली बजारमा भित्रिएको छ ।

नयाँ स्यान्ट्रो गाडीको अनावरण कार्यक्रममा लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्टले नेपाली परिवारले सबैभन्दा बढी रुचाएको ह्याचब्याक गाडी, स्यान्ट्रोलाई पुनःनयाँ र परिमार्जित संस्करणका साथ नेपाली बजारमा भित्र्याउन सफल भएकोमा खुशी व्यक्ति गरे ।

यस्ता छन् विशेषताः
नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसन जडित अडियो भिडियो प्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ ।

नयाँ स्यान्ट्रोले नयाँ १.१ लिटर, ४– सिलेण्डर पेट्रोल इन्जिन, जसले ६९ पि.एस पावर र १०.१ के.जि.एम.को टर्क प्रदान गर्नेछ । गाडीका विभिन्न विशेषताहरु जस्तै एन्टी लकदेखि प्रणालीका साथै इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रण्ट एयर ब्याग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.